बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता
रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्केका तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल रहेको आफन्तले बताएका छन् ।
उनीहरू बुटवलको-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । हिजो विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका छन् ।
पौडेलका मामा राजु पन्थीले बच्चाहरू अपहरण गरेर बन्धन भएको आशङ्का गरे । उनले भान्जा पौडेलसँग भएको फेसबुक च्याटमा कुरा गर्दा कसैले तिनाउ पुलमा लगेर केही वस्तु सुँघाएपछि अहिले कोठामा राखेको तर कुन कोठा कहाँ भन्ने आफूहरूले पत्ता नपाएको बताएको रातोपाटीलाई जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले हराएका बच्चाहरूको खोज तलास सुरु भएको बताए । उनले रातोपाटीसँग भने, 'हामीले सबै खोजतलास सुरु गरेका छौँ । उनीहरुको छिट्टै पत्ता लाग्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण