शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

शनिबार, २५ भदौ २०७९, २१ : ०४
शनिबार, २५ भदौ २०७९

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।  संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो । 

वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । लगातारको वर्षापछि हिजो गएको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता भएका छन् l घर, चौपाया, भौतिक क्षति, सरकारी विद्यालय, झलुङ्गे पुल, लगायत विभिन्न संरचना पहिरोमा परी क्षति भएको जानकारीमा आएको छ l

दार्चुला जिल्लामा भएको क्षतिमा वाईसीएलले केन्द्रीय पदाधिकारीबाट आर्थिक सङ्कलन गरी सहयोगको लागी  सहभागी हुन् अपिल गरेको छ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप