शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

शनिबार, २५ भदौ २०७९, २० : १०
शनिबार, २५ भदौ २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेशन चिफ अफ पोलिस समिटमा सहभागी भई शनिबार स्वदेश फर्किएका छन् ।   प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेन्डालगायतका विषयमा छलफल भएको बताए । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे ।

साथै उनले अन्य देशका प्रहरी प्रमुखहरुसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे । भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।  उक्त समिटमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघीय स्थाई नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्का समेत ५ सदस्यीय टोली सहभागी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप