शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वामपन्थी नेताको जितपछि कोलम्बिया र भेनेजुयला बीचको बन्द सिमाना खुल्दै

शनिबार, २५ भदौ २०७९, १९ : ३५
शनिबार, २५ भदौ २०७९

कोलम्बिया र भेनेजुएलाले सेप्टेम्बर २६ देखि दुई मुलुकबीच व्यवसायिक उडान सुरु गर्ने घोषणा गरेका छन् । सोही दिनबाट दुई मुलुक बीचको साझा स्थल सीमा नाकाबाट पनि सामानको ढुवानी खुल्नेछ अधिकारीले बताएका छन् ।  
गत महिना कोलोम्बियामा वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले कार्यकाल सम्हालेयता दुई छिमेकी मुलुकबीच बढ्दै गएको सहकार्यको पछिल्लो उदाहरण हो ।

कोलम्बिया र भेनेजुएलाबीच २२०० किमी सीमाना छ । गत महिना दुई मुलुकबीच तीन वर्षअघि टुटेको कुटनीतिक सम्बन्ध पुनःस्थापित भएको थियो । त्यस अवसरमा दुवै मुलुकले एक–अर्काको मुलुकमा राजदूत नियुक्त गरेका थिए ।

पेट्रो अघिका दक्षिणपन्थी राष्ट्रपति इभान डुकले सन् २०१८ को भेनेजुएलामा सम्पन्न चुनावमा धाँधली भएको भन्दै मदुरोको जितलाई मान्न अस्वीकार गरेका थिए । त्यसको एक वर्षमा काराकास आफैले कोलम्बियासँगको सम्बन्ध तोडेको थियो । 

पछि अमेरिकाको समर्थनमा कोलोम्बियाबाट ‘कू’ प्रयास भइरहेको भन्दै भेनेजुएलाले स्थल सिमाना पनि बन्द गर्यो । त्यसपछि दुई मुलुक बीचको हवाई उडान हुन छाड्यो ।  च्याम्बर अफ भेनेजुयलन–कोलम्बियन इकोनोमिक इन्टिग्रेसनले दुई देशबीचको सिमाना सूचारु भएदेखि व्यापारमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरेको छ । 

गत वर्ष ४०.६ करोड डलरको व्यापार भएकोमा त्यो बढेर यो वर्ष १.२ अर्ब डलर हुने उसको प्रक्षेपण छ ।  भेनजुएलाको सरकारले सिमाना पुरै खुलेको एक वर्षमा आर्थिक क्रियाकलाप ४ अर्ब डलरभन्दा माथि जाने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप