शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

माओवादी निकट प्रध्यापकको प्रदेश १ समिति गठन

शनिबार, २५ भदौ २०७९, १९ : २०
शनिबार, २५ भदौ २०७९

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं. १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले आज ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतिले पदाधिकारी चयन भएको हो ।

समितिका उपाध्यक्षहरूमा प्रेमप्रसाद लुइँटेल, इलाम, मनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुवेदी, तेह्रथुम, सहसचिवहरूमा विष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् ।

समितिका सदस्यहरूमा प्राडा अजय भट्टराई, अंजु चौरासिया, भीमप्रसाद रिजाल, विशाल कार्की, ईन्द्रनारायण देव, जयबेन्द्र झा, जयनारायण यादव, जयराम सुन्दास, लीलबहादुर कटुवाल, निलम खरेल, रामचन्द्र ठाकुर, सोमनाथ घिमिरे, सुर्यदेव प्रसाद यादव र सूर्यनारायण यादव रहेका छन् ।

समिति निर्माणका लागि राधिका ओझा, डाक्टर मनोजकुमार राउत र अर्जुन कर्ण सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणको प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम कार्की, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य साबित्राकुमार काफ्ले, सांसद शिवकुमार मण्डल रहेका थिए भने दोस्रो चरणको कार्यक्रममा प्रदेश १ माओवादीका अध्यक्ष हर्क नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव डाँगी, सचिव गणेश उप्रेती सुशील र कोषाध्यक्ष गगन पुरीको पनि सहभागिता थियो । कार्यक्रम संगठनका संयोजक अखिलेश्वर दास र सह–संयोजक राजेश यादवको निर्देशनमा सम्पन्न भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप