सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा गठबन्धनको बैठक

शनिबार, २५ भदौ २०७९, १० : ००
शनिबार, २५ भदौ २०७९

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल हुने जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए ।

कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ, सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो । अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति नहुन सकेन । प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप