अमेरिकी राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने
शनिबार, २५ भदौ २०७९, १६ : २९
अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् ।
बेलायतका राजा चार्ल्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । “म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने ।
राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’