नेपाल टी–ट्वान्टी लिग : ७ खेलाडी मात्र बिके १५ लाखमा
![नेपाल टी–ट्वान्टी लिग : ७ खेलाडी मात्र बिके १५ लाखमा](https://rpcdn.ratopati.com/media/albums/_P7A6595_sY8NxlVW2G.jpg)
नेपाल टी–ट्वान्टी लिगमा ७ जना खेलाडी मात्र १५ लाखमा बिकेका छन् । सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गर्दा एक खेलाडी सरद भेषवाकर १५ लाखमा बिकेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको ए ग्रेडमा परेका खेलाडीहरु मध्य जम्मा सात जना बिकेका हुन् ।
अब बाँकी खेलाडी बी श्रेणीमा झर्नेछन् । खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेका थिए । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । क्यानले अब आइतबार बाँकी ९२ जना खेलाडीको ड्राफ्ट सार्वजनिक गर्नेछ । जसमा बी ग्रेडका खेलाडीहरूले १० लाख र सी ग्रेडका खेलाडीहरूले ५ लाख रुपैया पाउनेछन् । नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
-
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
-
महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले गरेन जसपा नेपाललाई अद्यावधिक