सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टी–ट्वान्टी लिग : ६ टिमका मार्की खेलाडी सार्वजनिक

शनिबार, २५ भदौ २०७९, १५ : ४०
शनिबार, २५ भदौ २०७९

नेपाल टी–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट सबै टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको छ ।  नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ । ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप