शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीका किसान मल नपाएकोमा चिन्तित

शनिबार, २५ भदौ २०७९, १३ : ०९
शनिबार, २५ भदौ २०७९

अघिल्ला वर्षहरुमा जुट खेतीबाट मनग्गे आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । 

मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन ।  उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घट्दै गएको किसानहरुको भनाइ छ । 

भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, “सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।”

खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।

विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएता पनि केहि किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँ का त्यू छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप