बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

शनिबार, २५ भदौ २०७९, १२ : ४९
शनिबार, २५ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । 

उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप