दार्चुलामा पहिरो : ५ जनाको मृत्यु, १० जना बेपत्ता
गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर १ की ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेको नौगाढ गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले रातोपाटीलाई जानकारी दिए । सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ ।
पहिरोका कारण वडा नम्बर २ मा १५ घर, विद्यालय, पानी घट्ट लगायत पूर्ण रुपमा क्षति भएको उपाध्यक्ष ठगुन्नाले बताए । पहिरोले ती घरका पशु चौपाया, अन्नपात, धनसम्पत्ति केही बाँकी नरहेको उनले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको उनको भनाई छ ।
यता दार्चुलाकै महाकाली नगरपालिकामा पनि पहिरोका कारण ठूलो क्षति भएको छ । यहाँ २ जनाको शव भेटिएको छ भने अन्य १० जना वेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ की ४३ वर्षीया मनमती कार्की र वडा नम्बर २ बस्ने ७७ वर्षीय नन्दराम बोहोराका शव भेटिएको छ ।
स्थानीय तहसँग समन्वय गरेर ४ जना सिकिस्त घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट धनगढी अस्पताल लगिएको र अन्य घाइतेहरुको पनि अवस्था हेरेर हेलिकप्टरबाट अस्पताल लाने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । घाइतेहरू तथा घरबार गुमाएका परिवारलाई स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने तयारी रहेको उनले बताए ।
बाढी पहिरोबाट केही घर र पुलमा आंशिक क्षति भएको छ । साथै से.१ ज २९३ नम्बरको बोलेरो जिप, से.१ ज ६८३ नम्बरको बोलेरो जिप, से.१ ज ९८२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च ३०८७ नम्बरको अल्टो कार, म.१ च ४२२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च २६७६ नम्बरको बोलेरो जिप र सु.प.प्र.०१००१ त १४३७ नम्बरको ट्याक्टर बगाई वेपत्ता भएका छन् भने क्रेसर मेसिन १ थान र जेसिबि १ थान पूर्णरुपमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त
-
स्पेनमा एक टन चरेससहित सात जना बेलायती पक्राउ
-
इलनले ट्रम्पलाई जिताएको आक्रोस : एक्सको विकल्प बन्दै 'ब्लुस्काई'
-
अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
-
अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु
-
१२ बजे, १२ समाचार : 'प्रधानमन्त्रीको चीन भ्रमण चर्चा' देखि 'फेरि माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने प्रचण्डको दाबी'सम्म