आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ र प्रदेश १ बीचको खेल रद्द

शनिबार, २५ भदौ २०७९, १२ : ३३
शनिबार, २५ भदौ २०७९

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ ।

 त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेल दिउँसो १ः १५ मा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । यसै समयमा मूलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप