सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बारामा कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

शनिबार, २५ भदौ २०७९, ११ : ५९
शनिबार, २५ भदौ २०७९

नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो  । 

विपी जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणि गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावती पासवानलगायतका सहभागिता थियो । 

कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापति राजेश यादव पक्षधर हुन । सभापतिको विपक्षमा फरक गुटमा रहेका नेता कार्यकर्ता नेविसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेविसंघ बाराका अध्यक्ष राकेश पाण्डे, युवा नेता अरविन्द पटेल र विनयराज शर्मालगायको सहभागिता थियो । उनीहरु सबै सभापति राजेश यादव विरुद्ध उपसभापति मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध छन् ।  कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरूलाई फलफूल तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप