बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

उत्कृष्ट स्टार्टअप आइडिया लिएर आए सहयोग गर्छौं– पूर्वाधार सचिव

शनिबार, २५ भदौ २०७९, ११ : १६
शनिबार, २५ भदौ २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

स्टार्ट अपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए । नयाँ युवाहरूलाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उनले बताए । यस्तो कार्यक्रमले बजारमा नयाँ आइडिया सृजना गर्न मद्दत पुर्याउने उनको भनाइ छ  ।

उक्त सत्रमा ५० वटा आवेदनबाट छनोट भएका १० मध्येबाट पनि उत्कृष्ट पाँच श्रेणीमा परेका पाँच जनाले आफ्नो आइडिया राखेका थिए । पाँच वटामध्ये एउटा घर बनाउने, दुईवटा ट्राफिक व्यवस्थापन र दुईवटा हार्बेस्ट सम्बन्धी आइडिया शेयर गरिएको थियो ।

सम्मेलनमा सुमनराज भारतीले घर बनाउ डट कम आइडिया सेयर गरे । त्यसपछि उनको आइडियामा जजहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए । उनले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दावी गरे ।
 
अर्का आइडिया मास्टर सौरभ सिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गरे । त्यस्तै, कपिल अधिकारीले ट्राफिक ट्रयाकिङ सम्बन्धी आइडिया सेयर गरे भने तथ्यांक संकलन गरेर कहाँबाट कस्ता गाडि गइरहेका छन् भनेर ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । पदम थापाले पनि ट्राफिक व्यवस्थापन सम्बन्धी आइडिया गरे । उनको गाडीको चाप भएको क्षेत्रमा अटोमेटिक रूपमा ट्राफिक लाइट परिवर्तन गराउने आइडिया थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप