बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

शनिबार, २५ भदौ २०७९, १० : १९
शनिबार, २५ भदौ २०७९

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशक पछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप