सडक पेटीका संरचना हटाउन बुटवल उपमहानगरको अल्टिमेटम

बुटवल उपमहानगरपालिकाले सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामाग्री हटाउन तीन दिनको अल्टिमेटमसाथ सूचना जारी गरेको छ । नगर सफा, सुन्दर र व्यवस्थित राख्न भन्दै नगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो ।
बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले शुक्रबारको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिकचोक, तिनकुने चोक, देविनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने र बजार सञ्चालन गर्ने गरिएको छ ।
यसअघि बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुइँमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदारमार्फत दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु