शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिन्चद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

शनिबार, २५ भदौ २०७९, १० : ०८
शनिबार, २५ भदौ २०७९

अट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । फिन्चको अन्तिम खेल न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय हुनेछ । त्यसपछि उनले सन्यास लिनेछन् ।

फिन्चले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने कप्तानी गर्नेछन् । यसअघि टी–ट्वान्टी विश्वपका लागि अष्ट्रेलियाले फिन्चको कप्तानीमा टिम घोषणा गरिसकेको छ । ३६ वर्षीय फिन्च फिन्च एकदिवसीयमा अष्ट्रेलियाका लागि सर्वाधिक शतक बनाउने चौंथो खेलाडी हुन् । उनले १७ शतक बनाएका छन् ।

उनले न्युजिल्यान्डविरुद्ध १४६ औं एकदिवसीय खेल खेल्दै सन्यास लिनेछन् । ‘लामो समयसम्म अष्ट्रेलियाका लागि एकदिवसीय क्रिकेट खेल्न पाए त्यसमा आफूलाई भाग्यमानी सम्झन्छु । यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यबाद,’ फिन्चले सन्यास घोषणा गर्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप