मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्ड गुल्मीबाट पनि सिफारिस

शनिबार, २५ भदौ २०७९, ०६ : ४३
शनिबार, २५ भदौ २०७९

गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए । 

प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ताव गर्ने भन्ने रणनीति अनुरुप प्रचण्डको नाम सिफारिस गरिएको जीसीले उल्लेख गरे ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती)  जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् ।

गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन् । (ख)  बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप