महारानी एलिजाबेथको त्यो भ्रमण...
बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।
गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गरेका थिए । काष्ठमण्डपमा आयोजित समारोहमा साँचो हस्तान्तरण हुँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य उपस्थित थिए । महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप पनि सो अवसरमा सहभागी थिए ।
साँचो चढाइएसँगै महारानीले तत्कालीन नगरपञ्चायतको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् । नौ इन्च लामो फूलको बुट्टा कुँदिएको सुन्दर भोटेसाँचो कलाकारद्वय मोतीकाजी शाक्य र स्वस्तिरत्न शाक्यले बनाएका थिए । गोरखापत्रले छापेको त्यो समाचारमा उल्लेख छ, “साँचो हस्तान्तरण समारोह नेपाली संस्कृतिसँग गाँसिएको छ । साँचो दिने प्रक्रियाले ठूलो विश्वासको स्थिति इङ्गित गर्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो