आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, २५ भदौ २०७९, ०६ : १२
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय
-
राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
-
एकीकृत समाजवादीको महाधिवेशन : दस्ताबेजमाथि १२ समूहमा छलफल
-
अघि बढ्यो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया, १६ जनालाई बोलाइयो अन्तरवार्तामा
-
विदेशी सम्बन्धनका कलेजबारे अध्ययन प्रतिवेदन सार्वजनिक
-
कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह