बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा सवारी दुर्घटना, २ जनाको मृत्यु

शुक्रबार, २४ भदौ २०७९, २० : ५१
शुक्रबार, २४ भदौ २०७९

काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई आज दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुर्नर्वास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगलागीबाट ४० लाखको क्षति
यता काठमाडौँ महानगरपालिका–२५ कमलाछीस्थित गोपाल मानामासेको घरस्थित एक जुत्ता पसलमा आगलागी हुँदै झण्डै रु ४० लाखको क्षति भएको छ । नुवाकोट तादी–५ नर्जा घर भएका रामकाजी रिजालको जुत्ता पसलसहितकोे गोदाममा आगलागी भएको र रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।  

उता काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास चोक नजिक गोरखा आरुघाट गाउँपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने २४ वर्षीय कुशल श्रेष्ठको कुशल ज्वेलर्सबाट चार सय ३० तोला चाँदीका गरगहना गएराति चोरी भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप