बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित

शुक्रबार, २४ भदौ २०७९, २० : १५
शुक्रबार, २४ भदौ २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।

सोही वर्षाका कारण सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबिचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्ध भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाएर अविजित थिए । पृथु बाँस्कोटा २६ रनमा अविजित थिए । यस खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक/एक अंक बाडेका छन् । यससँगै एनआरएनएले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई हराएको थियो । एनआरएनए समूहको शीर्ष स्थानमा रहेको छ । एपीएफले १ खेलमा १ अंक जोडेको छ ।

वर्षाकै कारण मुलपानी क्रिकेट मैदानमा तय भएका नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा त्रिभूवन आर्मी र कर्णालीबीचको खेल पनि रद्ध भएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भएको हो । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप