शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एक हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्छौं : वनमन्त्री यादव

शुक्रबार, २४ भदौ २०७९, १८ : ५४
शुक्रबार, २४ भदौ २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताएका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले सवारीसाधनले गर्ने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो ६ लागू गर्न लागेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गत कोपामा सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नको लागि सरकारले यही हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताए । मन्त्री यादवले तत्काल कमर्सियल सवारी साधनहरुमा युरो ६ लागू गरेर सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य प्रतिशतमा ल्याउने मन्त्रालयको तयारी रहेको बताए । उनले युरो ६ लागू गर्नको लागि सबै प्रक्रिया तयारी भएकाले यहि हप्तामा भित्र मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए ।

मन्त्री यादवले भारतमा २०२० मा नै युरो ६ लागू भएर अहिले युरो ८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो ३ चलाइरहेको बताए । उनले भुटानमा समेत कार्वन उत्सर्जन कम गर्न युरो ६ लागू गर्न लागेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप