शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्र सचिव पौडेल भारत भ्रमणमा जाने

शुक्रबार, २४ भदौ २०७९, १७ : ५९
शुक्रबार, २४ भदौ २०७९

परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनका लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा उनी भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ २८ गते नै दुई देशको सचिवबीच भेटघाट हुनुको साथै दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल हुने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा छलफल हुने बताइएको छ । परराष्ट्र सचिव पौडेल भदौ २९ गते स्वदेश फर्किने छन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप