शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको अतिथि सत्कार राम्रो लाग्यो : ब्रेट ली

शुक्रबार, २४ भदौ २०७९, १६ : ००
शुक्रबार, २४ भदौ २०७९

नेपाल टी–टवन्टी लिगले अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई नेपाल टी–ट्वान्टी लिगको मेन्टरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई मेन्टरको रुपमा नियुक्त गरेको बताएको हो । ब्रेट लीले नेपालको अतिथि सत्कार राम्रो लागेको बताए । शुक्रबार मात्र नेपाल आएका उनले नेपालमा आफूले राम्रो सत्कार पाएको बताए ।

‘नेपालमा अतिथि सत्कार राम्रो पाए । एक दिनअघि मात्र आएको थिए नेपाल राम्रो लाग्यो,’ ब्रेट लीले भने । ब्रेट लीले नेपालमा क्रिकेट क्रेज देख्दा निकै खुसी भएको बताए । उनले नेपाल टी–ट्वान्टी लिगको मेन्टरको रुपमा आफू आउन पाउँदा निकै खुसी भएको बताए ।

‘नेपालको क्रिकेट क्रेज देखेर निकै खुसी भए । मलाई मेन्टरको रुपमा अवसर दिएकोमा धेरै खुसी छु,’ उनले भने । नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ देखि कार्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडको सहभागिता रहनेछ । क्यानले छिटै नै सम्पूर्ण टोली खेलाडीसहित सार्वजनिक गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप