आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक

शुक्रबार, २४ भदौ २०७९, १५ : २५
शुक्रबार, २४ भदौ २०७९

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत  चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् । जिल्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्यभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरु नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ ।  

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेक सबै ठप्प पारेका थिए ।  प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।

यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप