दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला
शुक्रबार, २४ भदौ २०७९, १३ : ०३
![दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला](https://rpcdn.ratopati.com/media/albums/death_body_wQSNg6LSKv.jpg)
दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन । शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)