शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

शुक्रबार, २४ भदौ २०७९, १२ : ५८
शुक्रबार, २४ भदौ २०७९

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।

शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ । 

सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचिएको छ । मौसम हिमालीको कोरियोग्राफी र प्रवीण भट्टको सम्पादन रहेको भिडियो एसपी सापकोटा युट्युबले बाहिर ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप