शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

शुक्रबार, २४ भदौ २०७९, १२ : ४६
शुक्रबार, २४ भदौ २०७९

जिल्ला अदालत धनुषाले तीन वर्षदेखि विचाराधीन नाबालिग बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ । 

सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोपित साह दोषी रहेको ठहर गरेको छ ।

घटनाको एक महिनापछि १० जेठमा जिल्ला अदालतले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । थुनामा पठाइसकेपछि २८ असोजमा यो मुद्दा पहिलोपटक अदालतमा पेसी चढेको थियो । पेसी चढेको पहिलो दिनको सुनुवाइ स्थागित भयो । त्यसयता २८ पटक यो मुद्दा पेसीमा चढ्यो ।

'बलात्कारको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने भए पनि यो मुद्दाको हकमा भने त्यसो भएन । मुद्दा दर्ताको चरणदेखि नै कष्ट खेप्नुपर्यो,' पीडित बालिकाका बुबाले भने, 'गाउँमा आन्दोलन गरेर स्कुल बन्द गरेपछि मात्र मुद्दा दर्ता भएको थियो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप