बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावकको रिसले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर, जान्नुहोस् यसका बेफाइदा

शुक्रबार, २४ भदौ २०७९, १२ : ३०
शुक्रबार, २४ भदौ २०७९

 छोराछोरीको पालनपोषणको क्रममा, आमाबाबुले उनीहरूको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन केही कुराहरूमा ध्यान दिनुपर्छ । कहिलेकाँही अभिभावकहरू आफ्ना बालबालिकाको हाउभाउ र व्यवहारबाट रिसाउँछन् र उनीहरूलाई धेरै गाली गर्न थाल्छन् वा रिस पोख्ने गर्छन् । यसको प्रत्यक्ष असर बालबालिकाको मानसिक स्वास्थ्यमा पर्ने गर्छ  । बालबालिकामाथि अत्याधिक रिसाउने तपाईंको बानीले उनीहरुको व्यवहार फेरिने गर्छ र उनीहरुभित्रको डर पनि समाप्त हुन्छ । कहिलेकाँही आमाबुवा छोराछोरीसँग रिसाउनु पनि पर्छ तर असाध्यै धेरै रिसाउने खतरनाक मानिन्छ । यसकै कारण बालबालिकाको मानसिक स्तर कमजोर पनि हुन्छ र ठूलो हुँदा उनीहरुको व्यवहार पूर्ण रुपमा फेरिने गर्छ । आमाबुवाको रिसले बालबालिकाको मानसिक स्वास्थ्य कसरी खराब गर्न सक्छ भन्नेबारे जानकारी लिऔँ र यससँग जुध्नका लागि के गर्ने त भन्ने बारे पनि यहाँ बताइएको छ ।

आमाबाबुको रिसले बच्चाको मानसिक स्वास्थ्यमा असर

आफ्ना छोराछोरीको नराम्रो बानी र व्यवहारका कारण आमाबाबु प्रायः रिसाउँछन् । तर अत्यधिक रिसाउने आमाबाबुका छोराछोरीमा यसले गम्भीर नकारात्मक प्रभाव पार्छ । बालबालिकाको बारेमा आफूलाई मन नपर्ने कुरामा रिसाउनुको सट्टा, यसलाई फरक तरिकाले ह्यान्डल गर्न सकिन्छ । बच्चामाथि असाध्यै धेरै रिसाउँदा उनीहरुभित्र तपाईंले रिस र तपाईंप्रति घृणाको भाव पैदा गराउने मात्रै हो । यसैका कारण बालबालिकाको मनमा तपाईंप्रति इज्जत पनि कम हुने गर्छ । यतिमात्रै होइन, यो स्थितिका कारण बालबालिकामा पनि असाध्यै धेरै रिसाउने बानी पनि विकसित हुन्छ तसर्थ उनीहरुको पढाई लेखाई पनि प्रभावित हुनसक्छ ।

क्रोधको अवस्थालाई कसरी सामना गर्ने ?

नचाहेर पनि आफ्ना छोराछोरीको कुनै–कुनै कार्यमा अभिभावकहरू रिसाउँछन् । बारम्बार रिस उठ्दा बालबालिकाको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ । यस्तो अवस्थामा तपाईंले यी कुरामा ध्यान दिनुपर्छ

१. तपाईंलाई बालबालिकाको गलत व्यवहार वा तपाईं मननपर्ने कार्यहरु गर्दा रिस उठ्न सक्छ ।  बच्चासँग बारम्बार तपाईं रिसाउन चाहनुहुन्नँ भने तपाईंले उनीहरुलाई शान्त भएर सम्झाउनु पर्छ । तपाईं रिसाउँदा बच्चाको मनमा थुप्रै नकारात्मक भावना जन्म दिन सक्छन् र यो स्थिति निकै खतरनाक मानिन्छ ।

२. बच्चासँग रिसाउनु अघि तपाईंले के यसो गर्नु मात्रै मेरो अन्तिम विकल्प हो त भनेर सोच्नुहोस् । रिसाउनुको साटो कुनै अन्य तरिकाले पनि तपाईंले यस्तो स्थितिलाई ह्यान्डल गर्न सक्नुहुन्छ ।

३. नियमित रुपमा योग र ध्यानको अभ्यास गर्नुहोस् । यस्तो गर्दा तपाईं बारम्बार रिसाउने आफ्नो बानीबाट बाहिर निस्कनु हुनेछ र स्थितिलाई उत्कृष्ट तरिकाले सम्हाल्न पनि पाउनुहुनेछ ।

बच्चामाथि असाध्यै रिसाउने तपाईंको बानी निकै खतरनाक हुन्छ । आमाबुवाले यस्तो गर्दा बालबालिकामा पनि यसरी नै रिसाउने बानी पर्छ । त्यसैले आमाबुवा आफैँले आफ्नो रिस नियन्त्रण गर्नुुपर्छ र स्थितिलाई शान्त भएर व्यवस्थापन गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप