मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनताको साथमा कांग्रेस’ कार्यक्रम समापन गर्न प्रधानमन्त्री देउवा चितवनमा

शुक्रबार, २४ भदौ २०७९, ११ : ५५
शुक्रबार, २४ भदौ २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । 

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।  

बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्। यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप