शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई दसैँ अफर :  दैनिक र साप्ताहिक गरि नौ विजेता छनोट

शुक्रबार, २४ भदौ २०७९, १० : ५१
शुक्रबार, २४ भदौ २०७९

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक सेवाग्राही मुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेता द्वयले जनही पचिच्स हजार प्राप्त गर्नेछन् । 

त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक-एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् । 

'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा' आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख उपहार स्वरूप प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप