बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

शुक्रबार, २४ भदौ २०७९, १० : २०
शुक्रबार, २४ भदौ २०७९

फ्राइडे रिलिज अन्तर्गत आजबाट एकसाथ दुई नेपाली फिल्म  ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुईका अलवा बलिउड फिल्म ‘ब्रहास्त्र’ पनि प्रदर्शनमा आएको छ । हिन्दी फिल्मका कारण मल्टिलेक्समा नेपाली फिल्मले न्युन शो पाएको छ ।

‘ऐना झ्यालको पुतली’ :
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट तथा पुरस्कृत फिल्म हो ।

फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ । जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ । यो बाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु विष्टको अलवा कञ्चन चिमरिया, दिनेशखत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय छ ।

‘गोर्खा : बिनिथ द ब्रेभरी’ :
गोर्खाहरुका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म हो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ । समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको फिल्म प्रदीप शाहीले निर्देशक गरेका हुन् ।

फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन्, भने मधु गुरुङ र प्रयास गुरुङले निर्माण गरेका हुन् ।

नेपाल प्रदर्शन अगाडि फिल्म यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा प्रदर्शन भइसकेको छ । फिल्म आरआर फिल्मस् रोहित–रत्नले बितरण गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप