स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट
![स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट](https://rpcdn.ratopati.com/media/albums/lamjung_wYw5FbllO1.jpg)
स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनका प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।
स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकको आधारमा कार्यालयको मूल्यांकन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रदर्शनीमा पनि उत्कृष्ट भएको छ । बेंसीशहरमा दुई दिनसम्म भएको वार्षिक समिक्षा कार्यक्रममा सहभागि पाँच जिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रदर्शनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो ।
यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै