शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

शुक्रबार, २४ भदौ २०७९, २२ : २६
शुक्रबार, २४ भदौ २०७९

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । 

‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।   केही दिनमै आफू स्वदेश फर्किन लागेको र  सबै निराधार आरोपको सामना गर्न तयार रहेको उनको भनाइ छ । 

उनले निर्दोषलाई न्यायका साथै यस सम्बन्धित सबैमा सही छानबिनको पनि माग गरेका छन् । ‘कानूनले सबैलाई समान व्यवहार गर्ने आशा छ’, उनले भनेका छन् । 

हाल नेपाल बाहिर रहेका उनले सीपीएल बीचमै छाडेर नेपाल आउने बताएका हुन् । लामिछानेमाथि १७ वर्षीया नाबालिग बलात्कारको आरोप छ । 
उनीविरुद्ध मंगलबार प्रहरीमा उजुरी परेको थियो भने बिहीबार पक्राउ पुर्जी पनि जारी भएको छ । यस्तै नेपाल क्रिकेट संघले पनि बिहीबार नै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप