संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी
शुक्रबार, २४ भदौ २०७९, ०६ : ४१
प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।
सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोतले बतायो ।
अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी-२० विश्वकप : अमेरिकाको टोलीमा न्युजिल्याण्डका लागि विश्वकप खेल्ने खेलाडी
-
वेस्ट इन्डिजको विश्वकप टोलीमा नेपाल भ्रमणमा रहेका खेलाडी पनि समावेश
-
भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् : अध्यक्ष साह
-
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु
-
नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने
-
पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ