बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

शुक्रबार, २४ भदौ २०७९, ०६ : १३
शुक्रबार, २४ भदौ २०७९

सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।  

कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सिट संख्यामा भने कार्यदलमा पनि सहमति जुट्न सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप