शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

बिहीबार, २३ भदौ २०७९, २३ : २५
बिहीबार, २३ भदौ २०७९

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको  स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा  निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । 

उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् । 

प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्।  महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप