शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विराटको टी–ट्वान्टी अन्तर्राष्ट्रिमा पहिलो शतक, भारतको जित

बिहीबार, २३ भदौ २०७९, २३ : २२
बिहीबार, २३ भदौ २०७९

एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानमाथि १०१ रनको शानदार जित निकालेको छ ।  बिहीबार राति भएको भारतले विराट कोहलीको शतकमा सहज जित निकाल्न सफल भएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । 

अफगानिस्तानका लागि इब्राहिम जर्दानले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मुजिव रहमानले १८ रन बनाउँदा राशिद खानले १५ रन जोडे ।  भारतका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । त्यस्तै अर्शदीप सिँह, रवीचन्द्र आश्विन र दीपक हुड्डाले एक–एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले १२२ रनको शतकीय पारी खेले ६१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे ।  त्यस्तै केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि रिषव पन्तले २० रन जोडे । 

यता अफगानिस्तानका लागि फ्रेड अहमेदले दुई विकेट लिए ।  आजको अन्तिम खेलबाट दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । विराटको टी–छ्वान्टी अन्तर्राष्‍ट्रियमा पहिलो शतक, भारतको जित  एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा भारतले आफगानिस्तानमाथि १०१ रनको शानदार जित निकालेको छ । 

बिहीबार राति भएको भारतले विराट कोहलीको शतकमा सहज जित निकाल्न सफल भएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । 

अफगानिस्तानका लागि इब्राहिम जर्दानले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मुजिव रहमानले १८ रन बनाउँदा राशिद खानले १५ रन जोडे ।  भारतका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । त्यस्तै अर्शदीप सिँह, रवीचन्द्र आश्विन र दीपक हुड्डाले एक–एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले १२२ रनको शतकीय पारी खेले ६१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे ।  त्यस्तै केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि रिषव पन्तले २० रन जोडे । 

यता अफगानिस्तानका लागि फ्रेड अहमेदले दुई विकेट लिए ।  आजको अन्तिम खेलबाट दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप