चुनावी तालमेल गर्न रवि लामिछानेको पार्टीले बनायो उच्चस्तरीय वार्ता समिति
बिहीबार, २३ भदौ २०७९, २३ : ०९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी तालमेल गर्न उच्चस्तरीय वार्ता समिति बनाएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो । वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा.अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहेका छन् ।
बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ । केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु