बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा

बिहीबार, २३ भदौ २०७९, २१ : ३४
बिहीबार, २३ भदौ २०७९

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७ गते देशभरका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टन कार्य समितिहरुले सहकार्य गरी संघीय संसद्मा प्रतिनिधित्व गर्ने र उनीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, भदौ ३० गते शिक्षकहरुले पेनडाउन गर्ने, उक्त दिनमा शिक्षकहरु विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने कार्यक्रम तय गरेको छ । 

त्यस्तै ति कार्यक्रमबाट पनि माग सम्बोधन नभएको खण्डमा देशभरका शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा होमिने चेतावनी हिस्टुनले दिएको छ ।  उनीहरुले साविक उमावि तहको स्वीकृत दरबन्दीमा संघीय शिक्षा ऐन लागु हुँदाका बखतसम्म संघीय आविछिन्न रुपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरहद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने लगायतमा माग अघि सारेका छन् ।

कक्षा ११ र १२ सम्म पढाउने हाल देशभर ३ हजार ५०० भन्दा बढी सामुदायिक विद्यालय छन् । जसमा साढे ७ लाख विद्यार्थी अध्ययन गर्दै आएका छन् । ति विद्यालयमा कार्यरत शिक्षकहरु लामो समयदेखि न्यून सेवा सुविधामा अध्यापन गराउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप