सी र मोदीको भेटअघि लद्दाखबाट भारत र चीनका सेना पछि हट्न थाले
भारतीय र चिनियाँ सेनाले बिहीबार पूर्वी लद्दाखको गोग्रा–हटस्प्रिंग क्षेत्रबाट पछि हट्ने घोषणा गरेका छन् । योसँगै प्याट्रोलिङ पोइन्ट १५(पीपी–१५) मा दुई वर्षभन्दा बढी समयदेखि कायम गतिरोध अन्त्य भएको छ । दुई सेनाको वक्तव्यअनुसार दुवै देशका सेना पछि हट्ने प्रक्रियाको सुरुवात जुलाईमा सम्पन्न उच्चस्तरीय सैन्य वार्ताको १६ औं चरणको परिणाम थियो ।
‘सन् २०२२ सेप्टेम्बर ८ मा, भारत चीन कोप्र्स कमाण्डर स्तरको १६ औैँ चरणको बैठकमा भएको सहमतिअनुसार, गोगरा–हटस्प्रिंग्स (पीपी–१५) क्षेत्रमा भारतीय र चिनियाँ सेनाहरू समन्वय र योजनावद्ध रूपमा पछि हट्न थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको समेत सहभागिता रहने सांघाई सहयोग संगठन (एससीओ)को वार्षिक शिखर सम्मेलनको करिब एक साता अगाडि सेना पछाडि हट्ने प्रक्रियाको घोषणा भएको छ । एससीओ सम्मेलनमा दुई नेताबीच द्विपक्षीय भेट हुनसक्ने अनुमान छ तथापि त्यस सम्बन्धमा हालसम्म कुनै औपचारिक सूचना भने आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा