शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपालमा

बिहीबार, २३ भदौ २०७९, १९ : २६
बिहीबार, २३ भदौ २०७९

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी नेपाल टी–ट्वान्टी लिगका लागि आएका हुन् । 

उनी नेपाल टी–ट्वान्टी लिगका एम्बेस्डर हुन् । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ । ब्रेट लीले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।

पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् । क्यानले आज मात्र बाँकी दुई टोली पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडलाई सार्वजनिक गरको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप