शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एमालेबाट कैलाली ५ प्रदेशसभामा युवा नेता बिनय शाह सिफारिस

बिहीबार, २३ भदौ २०७९, १८ : १०
बिहीबार, २३ भदौ २०७९

नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट युवा नेता बिनय शाह सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीको बैठकले युवा नेता शाहलाई कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट सिफारिस गरेको हो ।

राष्टिय युवा संघ सुदूरपश्चिमका संयोजक तथा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका शाह युवा तथा बौद्धिक नेताको रुपमा परिचित छन् । २०६२ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।

पोखरा विश्वविद्यालयमा इकाइ कमिटीको अध्यक्ष भएको करिब दुई वर्षपछि शाह अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भएका हुन् । शाहसँग एसियाली विद्यार्थी संघको महासचिव, विश्व प्रजातान्त्रिक युवा संगठनको अन्तर्राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य र कैलाली जिल्ला सदस्य भएर काम गरेको अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप