एभरेष्ट बैंकद्वारा भिषा डेबिट कार्डको स्वरुप परिवर्तन
बिहीबार, २३ भदौ २०७९, १८ : ००

एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ । बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्ष सम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ ।
साथै बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोवार गर्न सकिने बैंकले जनाएको छ । बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जानकारी दिए ।
बैंकमा हालसम्म १२ लाख भन्दा बढी ग्राहकहरु रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी