शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र नीजि क्षेत्र बीचको सम्बन्ध सुदृढ बन्दै गएको छ : प्रचण्ड

बिहीबार, २३ भदौ २०७९, १७ : ५६
बिहीबार, २३ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँडबारे सहमति जुटिनसकेको संकेत गरेका छन् ।  नेपाल उद्योग परिसंघको पूर्वाधार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा सहमति जुटाउन गम्भीर छलफल भइरहेका बेला आफु कार्यक्रममा सहभागी हुन आएको बताए ।

 उनले भने, ‘अहिले म यो समिटमा आउँदा पनि गठबन्धनको बैठकबाट आएको छु । सायद यो उद्घाटन समारोहमा स्वयं प्रधानमन्त्री नै उपस्थित हुने कुरा पनि थियो । पछि अन्य कामको व्यस्तताले होला त्यो अवसर मलाई जुट्यो’, प्रचण्डले भने, ‘फेरि यहाँबाट फर्केर म उतै (बालुवाटार) जानुपर्ने जस्तो अवस्था पनि छ ।’ 

कार्यक्रममा उनले सरकार र नीजि क्षेत्र बीचको सम्बन्ध सुमधुर बन्दै गएको पनि बताए । संविधान निर्माण गर्दा पनि नीजि क्षेत्रलाई महत्व दिएको भन्दै त्यसमा पीपीपी मोडललाई अपनाइएको बताए । उनले यसले सरकार र नीजि क्षेत्र बीचको सम्बन्ध सुदृढ बन्दै गएको आफुले महसुस गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप