शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिका अव्यवस्थित संरचनामा पनि बालेनको एक्सन

बिहीबार, २३ भदौ २०७९, ०३ : ००
बिहीबार, २३ भदौ २०७९

पशुपति क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन काठमाडौं महानगरपालिकाले पहल थालेको छ । काठमाडौं महानगर पालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गरेको थियो । तर अटेर गरेको भन्दै  अव्यवस्थित संरचना हटाउन  थालिएको महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत जानकारी दिए । 

पटक पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीहरूले नमाने पछि आफै फिल्डमा उत्रनुपरेको संगतले बताए ।  उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खालि गराउन सके सबैमा समस्याको समाधान हुने बताए । 

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लाने समेत संगतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप