अजोड इन्स्योरेन्स र इ–बीमा बीच सम्झौता
डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोडसँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए । अजोडका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्धसँग खुसी र आशावादी छौ ।’
सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’