बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स र इ–बीमा बीच सम्झौता

बिहीबार, २३ भदौ २०७९, १६ : ४२
बिहीबार, २३ भदौ २०७९

डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । 

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोडसँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए ।  अजोडका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्धसँग खुसी र आशावादी छौ ।’ 
सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप